नेपाल एसबिआई बैंक लिमिडेट र स्काइलाइन इन्फ्रा लिमिटेड वीरगन्ज पर्साबिच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी खाद्य तथा पेय पदार्थलगायत अन्य सुविधामा १५ प्रतिशत र आवास सुविधामा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ।
उक्त सम्झौतापत्र बैंकका मधेश प्रदेश प्रमुख उदय पन्जियार थारू र स्काइलाइन इन्फ्राका निर्देशक अंकुर भंगर अग्रवालले आदान–प्रदान गरेका थिए। सो कार्यक्रममा बैंकका वीरगन्ज शाखाका प्रबन्धक राकेश महर्जन र बैंक तथा होटेलका अन्य पदाधिकारीहरूसमेतको उपस्थिति थियो।
नेपाल एसबिआई बैंकले विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ। हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, सात प्रादेशिक कार्यालय, १२५ एटिएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन्।