त्रिवि क्रिकेट मैदानमा यसरी हुँदै छ प्यारापिट निर्माणको काम [फाेटाेफिचर]

बिहिबार, २२ फागुन, २०८१
डिजिटल संस्करण

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माणको काम सुरु भएको छ। सहरी विकास मन्त्रालयले अन्तर्राष्ट्रिय मापदण्डको फ्लड लाइट र प्यारापिट निर्माणका लागि छुट्टाछुट्टै कम्पनीको बोलपत्र स्वीकृत गरेसँगै गत मंगलबारदेखि प्यारापिटको काम सुरु भएको हो।

बुधबारदेखि निर्माणमा खटिने कामदारको बस्ने–खानेलगायतका अस्थायी संरचना निर्माण कार्य भइरहेको छ। अहिले १० हजार दर्शक क्षमताको प्यारापिट निर्माण हुनेछ। तर, छानोको काम भने पछि हुने बताइएको छ। आगामी वैशाख अन्तिम सातासम्म काम सक्ने गरी तीन सिफ्टमा काम हुनेछ।

प्यारापिटका लागि बिकेओआई–केसिडिसी–बिजी जेभी, टंगालले दर्ता गराएको ४३ करोड ७७ लाख ३० हजार १३ रुपैयाँको बोलपत्र स्वीकृत भएको हो।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार