सरकारले कार्यसम्पादनमा दिएको शून्य अंकलाई आधार बनाएर पदबाट हटाउने तयारी गरिरहँदा कुलमान घिसिङले भने जनताले मूल्यांकन गरेको बताएका छन् । प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालयले बुधबार रुपन्देहीमा आयोजना गरेको अन्तरक्रियामा उनले सरकार आफूलाई हटाउन लागे पनि अन्तिम मिनेटसम्म काम गर्ने बताएका छन् ।
‘आज हो कि भोलि हो भन्ने हल्ला तपाईंहरूले पनि सुन्नुभएकै होला, त्यस्तो भए पनि लास्ट मिनेटसम्म काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो । मैले ५–६ पटक स्पष्टीकरण दिएँ होला, त्यसले माने (अर्थ) राख्दैन । कार्यसम्पादन मूल्यांकनमा शून्य दिए पनि, शतप्रतिशत दिए पनि, त्यसले पनि माने राख्दैन । तपाईंहरूले मेरो कामको मूल्यांकन गर्नुभएकै छ ।’