प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा सरकारले यसअघि संसदमा पेस गरेका विभिन्न पाँच अध्यादेशमाथि छलफल र स्वीकृतिका लागि पेस गर्नेछ ।
सरकारले आज यसअघि जारी गरिएको भूमिसम्बन्धी अध्यादेशबाहेक अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेस गर्ने भएको हो । सरकारमा रहेका सत्तारूढ दलहरूबिच सोमबार साँझ भूमिसम्बन्धी अध्यादेशबाहेक अन्य अध्यादेश स्वीकृति गराउने सहमति भएबमोजिम संसदमा आज यी अध्यादेशहरू स्वीकृतिका लागि पेस हुने भएका हुन् ।