अस्ट्रेलियालाई स्तब्ध बनाउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

मंगलबार, २० फागुन, २०८१
डिजिटल संस्करण

अस्ट्रेलियालाई हराउँदै भारत आइसिसी च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ। मंगलबार दुबईमा भएको सेमिफाइनल खेलमा भारतले अस्ट्रेलियालाई ४ विकेटले हराएको हो। 

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले भारतलाई २६५ रनको लक्ष्य दिएको थियो। ४८.१ओभरमा ६ विकेट गुमाएर भारतले लक्ष्य पूरा गरेको हो। भारतको जितमा विराट कोहलीले ८४ रनको महत्त्वपूर्ण स्कोर बनाई खेलेका थिए। भारत च्याम्पियन्स ट्रफीको फाइनलमा पाँचौँपटक पुगेको हो। 

फाइनलका लागि दक्षिण अफ्रिका र न्युजिल्यान्डबिच बुधबार अर्काे खेल हुनेछ। 

सुझावित समाचार