कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा पोखरेल

सोमबार, १९ फागुन, २०८१
डिजिटल संस्करण

कृषि विकास बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा सेवन्तक पोखरेल नियुक्त भएका छन् । बैंकको ११ फागुनमा बसेको अर्थमन्त्रीस्तरीय निर्णयानुसार सञ्चालक सदस्यमा पोखरेल मनोनयन भएका हुन् । सरकारी सेवाको दीर्घ अनुभव भएका नवनियुक्त सदस्य पोखरेल हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको सहसचिव पदमा कार्यरत छन् । 

पोखरेललाई सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले शपथग्रहण गराएका हुन् । सो अवसरमा बैंकका सञ्चालक सदस्यहरू डा. हरिबहादुर केसी, गोविन्दप्रसाद भट्टराई, सञ्जीव पौडेल, विनोदकुमार गुरागार्इं, रीता सुवेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कम्पनी सचिव हिमलाल पौडेललगायतको उपस्थिति थियो ।   

सुझावित समाचार