स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सयले बढेर प्रतितोला एक लाख ७० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।