नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ६ मदारबाबा मेला दर्शन गर्न आएका एकजना भारतीय नागरिकको मृत्यु भएको छ । त्रिवेणीको महलबारीनजिकै बाटोको छेउमा भारतको उत्तर प्रदेशस्थित महाराजगन्जको गोरखपुर वस्ने वर्ष ५५ का जगदीश यादव लडी बेहोसी अवस्थामा फेला परेको र उपचारको लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएकोमा गएराति साढे ९ बजेतिर अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा रहेको प्रहरीले जनाएको छ ।