विराटनगरमा मृत्युशोकमा बिरुवा दिएर श्रद्धाञ्जली व्यक्त गर्छन्

१२ किमी सडकको दुबै किनारको २४ किमी क्षेत्रमा ८ हजार विरुवा निशुल्क रोपेर हुर्काउने संकल्पमा सक्रिय भइरहेका छन् विराटनगरका हरियाली अभियन्ता

बुधबार, ७ फागुन, २०८१
डिजिटल संस्करण

विराटनगरमा मृत्युशोकमा हरियाली अभियन्ताहरूले बिरुवा दिएर श्रद्धाञ्जली व्यक्त्त गर्न थालेका छन् । बजारमा किनेर लगेको समवेदनापत्रले भन्दा आफना पितृ र आफन्तका नाममा रोपिएका बिरुवा बढी फलदायी हुने विश्वास हरियाली अभियन्ताहरूको छ। यति मात्र हाेइन, विराटनगरलाई हराभरा बनाउन  सक्रिय अभियन्ताहरूले सडकमै जन्मदिन र विवाहउत्सव पनि मनाउने गरेका छन्।  

अभियन्ताहरू हरेक दिन साँझ–बिहान बिरुवा रोप्ने र हेरचाह गर्ने काममा पालैपालो खटिन्छन्। आफूहरूले थालेको हरियाली अभियानलाई सफल बनाउन सडक किनारमा बिरुवा रोप्दै र रोपिएका बिरुवाहरूको हेरचाह गर्ने क्रममा उनीहरूले अभियानलाई प्रोत्साहन गर्न सडकमै जन्मदिन र विवाहउत्सव  पनि  मनाउने गरेका हुन् । अनि समाजमा घटेको मृत्युशोकमा बिरुवा दिएर समवेदना व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त्त गर्ने गरेका छन्। 

अभियन्ता पारुल क्षेत्रीका अनुसार समाजका कोही सदस्य वा छरछिमेकमा मृत्यु भए श्रद्धाञ्जली व्यक्त गर्न हरियाली अभियन्ताहरू हरियो बिरुवा नै लिएर पुग्छन् । अभियान सुरु भएको दश महिनामा अभियन्ताहरू दर्जनौँ मृत्युशोकमा बिरुवा लिएर श्रद्धाञ्जली व्यक्त्त गर्न गइसकेका छन् । यसैगरी, ३१ जनाले आफ्नो जन्मदिन सडकमै बिरुवा रोपेर मनाइसकेका छन् । एक दर्जन दम्पतीहरूले सडकमै वार्षिक विवाहउत्सव पनि मनाइसकेका छन् । ११ जनाले आफ्नो आमाबुबाको सम्झनामा बिरुवा प्रदान गरेर रोपेका छन्।

विराटनगरमा गत वैशाखदेखि महानगरलाई हराभरा बनाउने अभियानमा स्वतस्फूर्त रूपले हरियाली अभियन्ताहरू सक्रिय भएर लागिरहेका छन् । उनीहरूले हालसम्म कोशी राजमार्गस्थित विराटनगरको उत्तर प्रवेशद्वारदेखि दक्षिण भारतीय जोगबनी नाकासम्म १२ किलोमिटर सडकको दुवैतर्फ करिब आठ हजार बिरुवा रोपेर हुर्काइरहेका छन् 

सुझावित समाचार