सामूहिक बलात्कारपछि किशोरीको शंकास्पद मृत्यु : एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

मंगलबार, ६ फागुन, २०८१
डिजिटल संस्करण

सिराहाको नवराजपुर गाउँपालिका– १ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदामाथि भएको सामूहिक बलात्कार र शंकास्पद मृत भेटिएको घटना अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको छ। 

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको र समितिले मंगलबार नै घटनाबारे अनुसन्धानसमेत थालिसकेको जनाएको छ।

‘सदाको घटनाबारे सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको छ,’ मधेश प्रदेश प्रहरी कार्यालयले भनेको छ, ‘घटनाको थप अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ।’

गत माघ ३० गते सिराहाको नवराजपुर गाउँपालिका– १ भगवतीपुर टोलका बिजुलिया सदाकी १७ वर्षीया छोरी रिंकु आफ्नै घरको टिनको छानोमा पासो लगाई झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

घटना हुनुअघि उनीमाथि स्थानीय तीन युवक रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले सामूहिक बलात्कार गरेको र त्यसको पञ्चायत भएर मिलाउने प्रयास गरेको घटना बाहिर आएको थियो।

सुझावित समाचार