नेप्से परिसूचकमा २९.८७ अंकको वृद्धि

सोमबार, ५ फागुन, २०८१
डिजिटल संस्करण

यो साता कारोबारको लगातार दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से २९.८७ अंकले बढेर दुई हजार ७२७.९१ को विन्दुमा कायम भएको हो । यो १.१० प्रतिशतको वृद्धि हो ।

आज ३०२ कम्पनीको एक करोड ८० लाख ८१ हजार १६८ कित्ता सेयर एक लाख दुई हजार ८६१ पटक खरिद–बिक्री हुँदा रु. १० अर्ब चार करोड ९६ लाख ५४ हजार ८३२ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ २.१६, होटेल तथा पर्यटन २.२९, लघुवित्त २.४५ र अन्य समूह २.४७ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक ०.३३, लगानी ०.२०, जीवन बिमा ०.८९, उत्पादन तथा प्रशोधन ०.७७, म्युचुअल फन्ड ०.५२ र निर्जीवन बिमा समूह १.०७ प्रतिशतले बढेको छ । तीनवटा समूहको उपसूचक भने घटेको छ । वित्त समूह ०.८४, जलविद्युत् ०.१५ र व्यापार समूह १.२७ प्रतिशतले घटेको छ ।

६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड, स्कल डेभलपमेन्ट बैंक लिमिटेड, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र दिव्येश्वरी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको रु. ३२ करोड ७४ लाख ३५ हजार तीन सय ५५ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने कुमारी बैंक लिमिटेडको सबैभन्दा धेरै चार करोड १६ लाख ३४९ कित्ता सेयर किनबेच भएको छ ।

सुझावित समाचार