तोलामा १२ सयले बढ्यो सुनको मूल्य

सोमबार, ५ फागुन, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले बढेर एक लाख ६८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुन तोलामा एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार ९७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य एक हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो । 

सुझावित समाचार