उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको छलफलपछि कमिसन वृद्धिको माग राख्दै आएका ग्यास उद्योगी र पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायीले हडताल स्थगित गरेका छन् ।
माग सम्बोधनका लागि दबाब दिन ग्यास उद्योगीले बुधबारदेखि र ट्यांकर ढुवानी व्यवसायीले बिहीबारदेखि हडताल गर्ने मनस्थिति बनाएका थिए । तर, उद्योगमन्त्री भण्डारीले दुवै पक्षसँग छलफल गरेर १५ दिनभित्र निकास निकाल्ने प्रतिबद्धता जनाएकाले हडताल स्थगित गरेका हुन् ।
सरकारले पेट्रोलियम तथा ग्यासमा हडताल निषेध गरे पनि व्यवसायीले आफ्ना निजी स्वार्थ पूरा गर्न पटक–पटक हडतालको धम्की दिने गरेका छन् ।