डिजिटल कारोबारमा लाग्ने चर्को शुल्कको विषयमा सांसदले गराए सरकारकाे ध्यानाकर्षण

शुक्रबार, २५ माघ, २०८१
डिजिटल संस्करण
डिजिटल कारोबारमा लाग्ने चर्को शुल्कको विषयमा सांसदले गराए सरकारकाे ध्यानाकर्षण

फाइल तस्बिर

डिजिटल कारोबारमा लाग्ने चर्को शुल्कको विषय संसदमा प्रवेश गरेको छ। रास्वपा सांसद निशा डाँगीले शुक्रबार प्रतिनिधिसभा बैठकमा सरकारले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने भने पनि व्यवहारमा त्यस्तो नदेखिएको टिप्पणी गरिन्।

डिजिटल कारोबारमा ११.३ प्रतिशतसम्म कर लाग्ने गरेको उल्लेख गर्दै डाँगीले भनिन्, ‘यदि सरकारले साँच्चै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने हो भने कर कटौती गर्दै निःशुल्क डिजिटल भुक्तानी प्रणालीको विकास गर्न आवश्यक छ।’

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने सांसद डाँगीको भनाइ छ। ‘म सभामुखमार्फत नेपाल सरकार र अर्थ मन्त्रालयलाई तत्कालै नीति परिवर्तन गरेर हुन्छ कि राष्ट्रिय भुक्तानीको प्रणाली स्थापना गरेर हुन्छ, हाल भएका पेमेन्ट गेटवेजलाई समेत मर्का नपर्ने गरी डिजिटल ट्रान्जेक्सन निःशुल्क बनाउन आजैबाट काम सुरु गर्न गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन् ।

सुझावित समाचार