उदयपुरमा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जापानी नागरिकको मृत्यु

शुक्रबार, २५ माघ, २०८१
डिजिटल संस्करण

उदयपुरको बेलका नगरपालिका– ८ बोक्ताङमा प्याराग्लाडिङ गर्ने क्रममा दुर्घटनामा परी एक जापानी नागरिकको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार मृत्यु हुनेमा ७२ वर्षीय जापानी नागरिक काजी पाकासी रहेका छन् । उनकाे बिहीबार मृत्यु भएकाे हाे ।

मृत्यु भएका काजी पाकासीले बोक्ताङबाट आफैँले उडाएको प्याराग्लाइडिङ सप्तकोशी किनारमा रहेको फुटबल मैदानमा ल्यान्ड हुने क्रममा अचानक खसी घाइते भएका थिए । त्यसपछि उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लगिएको थियो ।

उपचारको क्रममा घोपामै उनकाे मृत्यु भएको एसपी योगीले जानकारी दिए । मृतक जापानिज नागरिककाे शव कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं पठाइएको योगीले बताए ।

See More On

सुझावित समाचार