‘ढलेँ–ढलेँ गीत राजनीतिक मञ्चमा गाउन बन्द गरौैँ’

शुक्रबार, १८ माघ, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले सरकार ढल्न लागेको भनेर प्रतिपक्षी दलका नेताहरूले गरेको टिप्पणीप्रति आक्रोश व्यक्त गरेका छन् ।  प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणीलाई गीतसँग तुलना गरे। 

उनले भने,‘ढलेँ–ढलेँ, ढलेँ–ढलेँ म त...’ यो ‘गीत’ अति नै गाइयो । यो ‘गीत’ मनोरञ्जन पाटी–उत्सवहरूमा सुहाउला, राजनीतिमा सुहाउँदैन । अझ एकजना माननीयले कतै यस गीतलाई श्लील भएन समेत भन्नुभएको सुनेको छु । यस्तो गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ, राजनीतिका मञ्चमा गाउन बन्द गरौँ ।’ 
 

सुझावित समाचार