तस्बिरमा ‘फेमिली एन्ड बेबी एक्स्पो’

बिहिबार, १७ माघ, २०८१
डिजिटल संस्करण

‘फेमिली एन्ड बेबी एक्स्पो २०२५’ बुधबारदेखि सुरु भएको छ । बालबच्चा तथा परिवारलाई मनोरञ्जनसहित आवश्यक वस्तु तथा सेवा एकै छानामुनि उपलब्ध गराउन भृकुटीमण्डपमा एक्स्पो आयोजना गरिएको हो ।

बुधबार एक कार्यक्रमबिच अभिनेत्री प्रियंका र उनकी छोरी आयांकाले संयुक्त रूपमा एक्स्पोकाे उद्घाटन गरेका छन् । ‘वान स्टप सोलुसन फर फेमिली एन्ड बेबी रिलेटेड प्रोडक्ट्स एन्ड सर्भिसेज’ भन्ने स्लोगानका साथ इभेन्ट सोलुसन प्रालिको आयोजनामा सुरु भएको एक्स्पोमा बालबच्चाका लागि आवश्यक सबै सामान तथा सेवा एकै छानामुनि उपलब्ध गराइएको आयोजकले जनाएको छ ।

निःशुल्क प्रवेश गर्न सकिने एक्स्पोमा बालबालिकाले मस्कट एपियरेन्स, पोएट्री तथा क्यालिग्राफी एक्टिभिटिजमा सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।

इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानका अनुसार घरभित्र बसेर मोबाइल हेर्ने बानी परेका बालबच्चाका लागि रिफ्रेस हुन एक्स्पो उचित गन्तव्य बन्नेछ । अभिभावकले आफ्ना बालबच्चालाई सक्रिय बनाउन तथा फरक वातावरण देखाउन एक्स्पोमा ल्याउन सक्ने उनको भनाइ छ । एक्स्पोमा बालबच्चाका लागि आवश्यक पर्ने सबै किसिमका वस्तु तथा सेवा सुपथ मूल्यमा खरिद गर्न सकिनेछ ।

सुझावित समाचार