सरकारले सुरूङबाट सडकलाई सुरक्षित बनाउने योजना अघि सारेको छ: प्रधानमन्त्री ओली

शुक्रबार, ११ माघ, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओलीले सुरूङ मार्गबाट सडकलाई सुरक्षित बनाउने योजना सरकारले अघि सारेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आज उनले सिद्धबाबा सुरूङ मार्गको ‘ब्रेक–थ्रु’ पछि सुरूङ मार्गबाट सडकलाई सुरक्षित बनाउने योजना अघि सारेको बताएका हुन्।

‘केही समयअघि बुटवल जाँदा एक जना कलाकारले कहिले बन्छ सिद्धबाबा सुरूङ मार्ग’ भनेर गीत गाएको सुनेको थिएँ। यहाँ बारम्बार पहिरोले सडक भत्किँदा कयौँ नागरिकको ज्यान गएर पीडा भोग्नुपरेको थियो’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज सिद्धबाबा सुरूङ मार्गको ब्रेक–थ्रु भएको छ। यो सुरूङ मार्ग सञ्चालनमा आएपछि अब पाल्पा, स्याङ्जा, कास्की, गुल्मी र अर्घाखाँचीको उत्तरी भेग हुँदै प्युठान जाने अनुकूलता मिल्ने छ। यो सडक कालिगण्डकी करिडोरसँग जोडिन्छ।’

सिद्धबाबा सुरूङ मार्गको मुख्य सुरूङको आज ‘ब्रेक-थ्रु’ भएको छ।

सुझावित समाचार