विपक्षी दलहरूले तत्काल संसद्को हिउँदे अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेका छन्। शुक्रबार बैठक बसी विपक्षी ६ दलकाे बैठकले साझा धारणा बनाउँदै संसद् अधिवेशन बोलाउन माग गरेको हो।
बहुमतका नाममा सरकारले राज्यका निकायहरूलाई आफूअनुकूल दुरुपयोग गरेको ठहर गर्दै विपक्षी दलहरूले भनेका छन्, ‘संसद् छल्ने र राजनीतिक निर्णय तथा कामकारबाहीहरू पूर्वाग्रही ढंगले गर्दै जाने प्रवृत्तिले अन्ततः लोकतन्त्र र विधिको शासनमाथि नै संकट ल्याउने हाम्रो ठहर छ।’
सरकारले तत्काल हिउँदे अधिवेशन आह्वानको प्रक्रिया नथाले विशेष अधिवेशनको माग गर्ने जानकारी दिँदै विपक्षी दलहरूले सरकारले स्वेच्छाचारी र जनविरोधी काम जारी राखे कडा संघर्षमा उत्रिने चेतावनीसमेत दिएका छन्।