नेपाली कांग्रेसले संसदीय दल अनुशासन समिति गठन गरेको छ।
बिहीबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको संसदीय दल केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासन समिति गठनको निर्णय गरेको हो। समितिको संयोजकमा सांसद दिलेन्द्रप्रसाद बडूलाई तोकिएको छ।
यसैगरी, बैठकले पार्टीको तर्फबाट सार्वजनिक लेखा समितिमा सञ्जय गौतम, अर्थ समितिमा डा. प्रकाशशरण महत र कृषि, सहकारी तथा प्राकृतिक स्राेत समितिमा चन्दा चौधरीलाई संयोजक तोक्ने निर्णय गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।