समाजवादी मोर्चाले १६ माघमा बृहत् कार्यक्रम गर्ने

बुधबार, २ माघ, २०८१
डिजिटल संस्करण
समाजवादी मोर्चाले १६ माघमा बृहत् कार्यक्रम गर्ने

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

समाजवादी मोर्चाले यही माघ १६ गते काठमाडौंमा बृहत् कार्यक्रम गर्ने भएको छ। बुधबार आलोकनगरमा बसेको मोर्चाको बैठकले बृहत् कार्यक्रम गर्ने निर्णय गरेको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए। 

‘आगामी १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट एउटा भव्य कार्यक्रम गर्ने डिसिजन गरेका छौँ,’ बैठकपछि प्रकाण्डले भने, ‘यसले अझै सकारात्मक सन्देश प्रवाह गर्छ।’
 

सुझावित समाचार