चाकुका लागि प्रख्यात टोखा अहिले चाकुको बास्नाले मगमगाइरहेको छ। व्यवसायीलाई चाकु बनाउन तथा बिक्री–वितरण गर्न भ्याइनभ्याइ छ।
यहाँका सबैजसो चाकु उद्योग बिहान ४ बजेदेखि बेलुकी १० बजेसम्म चाकु बनाउन व्यस्त छन्। टोखा नगरपालिकाको वडा नं. २ र ३ मा अहिले चाकु उत्पादन तथा बिक्री–वितरण हुँदै आएको छ। यो टोखाको पुरानो बजार हो।
टोखामा उत्पादन भएको चाकु काठमाडौं उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यकाबाहिरका नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा बिक्री हुँदै आएको छ। टोखाको चाकुले नेपालको झन्डै ६० प्रतिशतभन्दा बढी मागको पूर्ति गर्दछ।
हेर्नुस् तस्बिरहरू :
2025-01-07-02-07-09.jpeg)
2025-01-07-02-06-53.jpeg)
2025-01-07-02-06-41.jpeg)
2025-01-07-02-07-30.jpeg)
2025-01-07-02-07-38.jpeg)
2025-01-07-02-08-31.jpeg)
2025-01-07-02-07-59.jpeg)
2025-01-07-02-08-14.jpeg)
2025-01-07-02-08-37.jpeg)
2025-01-07-02-09-08.jpeg)
2025-01-07-02-08-59.jpeg)