अनलाइन ठगी बढ्यो, अपरिचित व्यक्तिको फोन रिप्लाई नगर्नुहोला : सिआइबी

शुक्रबार, १९ पुष, २०८१
डिजिटल संस्करण

विभिन्न नाममा अनलाइन ठगी बढेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सचेत रहन आग्रह गरेको छ। शुक्रबार सर्वसाधारणका लागि सूचना जारी गर्दै सिआइबीले ठगिनबाट जोगिन आग्रह गरेको छ ।

सामाजिक सञ्जालको दुरुपयोग गरी देशैभर ठगीका घटना बढेको सिआइबीले जनाएको छ। ब्युरोले हाल विभिन्न ठगीका घटनाको अनुसन्धान गरिरहेको छ। ठगीका घटना बढेकाले अपरिचित व्यक्तिको फोनको रिप्लाई नगर्न र सतर्कता अपनाउन आग्रह गरिएको सिआइबीका एसपी होबिन्द्र बोगटीले बताए। 

सुझावित समाचार