खेलाडी सम्मान कार्यक्रममा कुर्सी तोडफोड

सोमबार, १५ पुष, २०८१
डिजिटल संस्करण

सप्तरीको राजविराज नगरपालिकाले सोमबार आयोजना गरेको कार्यक्रममा तोडफोड भएको छ। सोमबार साँझ राज रंगशालामा जनकपुर बोल्ड्सका खेलाडीका लागि आयोजित सम्मान कार्यक्रममा कुसी तोडफोड भएको हो।

खेलाडीलाई हेर्न आएका दर्शकले खेलाडीभन्दा राजनीतिक भाषण धेरै भएको भन्दै कुर्सी तोडफोड गरेका हुन्। तोडफोडपछि प्रहरी र दर्शकबिच सामान्य विवाद र ठेलामठेल पनि भएकाे छ।

सुझावित समाचार