आनको वार्षिक साधारणसभा

आइतबार, १४ पुष, २०८१
डिजिटल संस्करण

नेपाल विज्ञापन संघ (आन)को २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरूलगायत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षलाई संलग्न गराई ‘स्टेइङ रेलिभेन्ट : रिसेपिङ नेपाल्स एडभरटाइजिङ ल्यान्डस्केप’ शीर्षकमा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ता, नेपाल चेम्बर अफ कमर्सका कमलेश अग्रवाल, नेपाल विज्ञापन संघका अध्यक्ष सुदीप थापालगायतले धारणा राखेका थिए । 

त्यसैगरी, विज्ञानपन उद्योगमा सहयोग पुर्याउने यादव खरेल, भारती सिलवाल गिरी, इमेज च्यानलका अध्यक्ष आरके मानन्धर, कामना प्रकाशन समूहका संस्थापक अध्यक्ष स्व. पुष्करलाल श्रेष्ठ तथा कृष्ण पाउरोटीका घनश्याम राजकर्णिकारलाई आन सम्मान प्रदान गरिएको छ । 

See More On

सुझावित समाचार