माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस : प्रि-क्वार्टरफाइनलका खेल सकिए

शनिबार, १३ पुष, २०८१
डिजिटल संस्करण

पोखरामा जारी २१औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८१ अन्तर्गत तेस्रो दिनको खेल सकिदा प्री–क्वाटरफाइनलका खेलहरू सकिएका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको प्रायोजनमा जारी प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न मेन्स सिंगलतर्फ नेहाल जङ्गबहादुर थापाले ओजेन महर्जनलाई ६–०, ६–० ले, राजवीर प्रधानले शक्ति शर्मालाई ६–०, ६–० ले, सक्षम विक्रम शाहले उगेन शेर्पालाई ६–३, ६–१ ले, आयुषमान हजुर घलेले शाश्वत बज्राचार्यलाई ६–१, ६–१ ले पराजित गर्दै क्वाटरमा प्रवेश गरे ।

वमन्स सिंगलतर्फ स्वस्तिका विष्टले जेनी खड्कालाई ६–१, ६–३ ले, सुनिरा थापाले प्राज्ना मानन्दलाई ६–२ ,६–१ ले, प्रकृति श्रेष्ठले भगवती बिकलाई ६–३, ६–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । सलोनी तामाङ यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेकी थिइन् ।

३५ वर्षमाथि मेन्स सिङ्गलमा सिमान्त गुरुङले सञ्जय श्रेष्ठलाई ६–२, ६–२ ले, सन्तोष खत्रीले विकास गुरुङलाई ६–३, ६–१ ले, गगन महर्जनले प्रकाश गुरुङलाई ६–२, ६–३ ले र  भिष्मजंग गुरुङले सन्दुक के. लामालाई ६–०,६–० पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए ।

४५ वर्षमाथि सिङ्गलमा छेवाङ लामाले नारायण पहारीलाई, विकास गुरुङले बलराम सापकोटालाई, सुनिल श्रेष्ठले जुजुमान किमलाई तथा सन्दुक के. लामाले भीष्मराज पौडेललाई, ५५ वर्षमाथि विदुर विष्टले पदम गुरुङलाई, रविन्द्रदास श्रेष्ठले विष्णु गुरुङलाई पराजित गर्दै सेमिफाईनलमा स्थान बनाए ।

४५ वर्षमाथि डबल्समा गोपीबहादुर भट्टराई र धर्मबहादुर लामिछानेको जोडीले टी. तुलेश्वर र के. जयन्तको जोडीलाई ६–२, ६–२ ले पराजित गर्दा रोहित सुनुवार र भीष्मराज पौडेलको जोडीले केबी लामा र विष्णु बानियाको जोडीलाई ६–३, ६–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरे ।

सुझावित समाचार