कञ्चनपुरमा प्रहरीले आफैँमाथि गोली चलाए

शुक्रबार, १२ पुष, २०८१
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैँमाथि गोली प्रहार गरेका छन्।

न्यौपानेले शुक्रबार साँझ ७ बजेतिर जिप्रकाभित्रै आफैँमाथि गोली हान्दा टाउकोमा गम्भीर चोट लागेको कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी उमेशराज जोशीले बताए ।

घाइते न्यौपानेलाई उपचारका लागि महेन्द्रनगरमा रहेको महाकाली अस्पताल लगिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि धनगढी रिफर गरिएको जोशीले बताए । ‘के कारणले आफैँमाथि गोली चलाएका हुन्, यसबारे अहिले कारण खुलेको छैन अनुसन्धान गरिरहेका छौँ,’ जोशीले भने । 

अछाम घर भएका ३० वर्षीय प्रहरी जवान केही समयदेखि जिप्रका कञ्चनपुरमा कार्यरत थिए ।
 

सुझावित समाचार