डेढ महिना नपुग्दै घुस मुद्दामा फैसला, अमिनलाई दुई महिना कैद

शुक्रबार, १२ पुष, २०८१
डिजिटल संस्करण

विशेष अदालतमा गत महिना मात्र दायर मुद्दामा फैसला भएको छ । घुस लिई भ्रष्टाचार गरेको मुद्दामा विशेषले सजाय सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ मंसिरमा ईश्वरचन्द्र चौलगाईंविरुद्ध मुद्दा दायर गरेको थियो । उनी सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका थिए ।

काठमाडौंको तारकेश्वर नगरपालिकामा अमिन पदमा कार्यरत चौलागाईंले जग्गा हालसाबिक र सिफारिस गरिदिने प्रयोजनका लागि घुस मागेको पुष्टि भएको हो । जसपछि उनलाई दुई महिना कैद तथा २० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको हो । 

विशेषका सदस्यहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार यस्तो फैसला गरेको हो । मुद्दा दर्ता भएको एक महिना पाँच दिनमै फैसला भएको छ ।
 

सुझावित समाचार