एसइईका लागि खुल्यो परीक्षा आवेदन फाराम सूचनासहित

शुक्रबार, १२ पुष, २०८१
डिजिटल संस्करण

माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा आवेदन फारम खुला भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर आजदेखि माघ १२ गतेभित्र परीक्षा दस्तुर पाँच सय रुपैयाँसहित आवेदन फाराम भर्न आग्रह गरेको हो ।

सम्बन्धित शिक्षा विकास निर्देशनालयहरूले विद्यार्थीहरूको परीक्षा आवेदन फाराम भराउने तथा परीक्षा केन्द्र कायम गर्नेलगायतका काममा सम्बन्धित प्रदेशअन्तर्गतका शिक्षा विकास तथा समन्वय एकाइहरूलाई सहजीकरण गर्ने व्यवस्था मिलाउन पनि सूचनामा आग्रह गरिएको छ । यस वर्षको एसइई चैत ७ गतेदेखि हुने कार्यतालिका सार्वजनिक भइसकेको छ।

See More On

सुझावित समाचार