युनिक नेपाल लघुवित्तको साधारणसभा

बिहिबार, ११ पुष, २०८१
डिजिटल संस्करण

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको छैटौँ वार्षिक साधारणसभा बाँके कोहलपुरमा सम्पन्न भएको छ । 

सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आव ०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष ०८१/८२ का लागि लेखापरीक्षकको नियुक्तिका प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । 

सभाले भविष्यमा कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग एकआपसमा गाभ्ने–गाभिने तथा प्राप्ति गर्ने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । 

सभामा सेयरधनीका जिज्ञासालाई संस्थाका अध्यक्ष शिवबहादुर चौधरी र कार्यकारी निर्देशक डा.गोपाल दहितले स्पष्ट पारेका थिए । हाल संस्थाको चुक्ता पुँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

सुझावित समाचार