नेपाल बैंक र काठमाडौं डेन्टल हस्पिटलबिच छुट सम्झौता

मंगलबार, ९ पुष, २०८१
डिजिटल संस्करण

नेपाल बैंक लिमिटेड र काठमाडौं डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिबिच छुट सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र काठमाडौं डेन्टलका तर्फबाट अध्यक्ष दयासागर साहले हस्ताक्षर गरेका छन् । 

सम्झौताअनुसार बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकले काठमाडौं डेन्टलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट पाउनेछन् । जसअन्तर्गत बैंकका कर्मचारीको बिल रकमको ३० प्रतिशत र बैंकमा खाता रहेका ग्राहकको २५ प्रतिशतले छुट हुनेछ ।  यसबाट बैंकमा कार्यरत कर्मचारी र ग्राहकले काठमाडौं डेन्टलले प्रदान गर्ने दन्त र मुखसँग सम्बन्धित उपचार सेवाबाट लाभान्वित हुन सक्ने बैंकले जनाएको छ । 

सुझावित समाचार