हिमरश्मि भलिबलमा न्युटन च्याम्पियन

आइतबार, ७ पुष, २०८१
डिजिटल संस्करण

न्युटनले प्रथम हिमरश्मि कप यू–१९ कलेज र स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । आयोजक हिमरश्मिको कोर्टमा भएको फाइनलमा न्युटनले एन्जल्स हार्टलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।

हिमरश्मिले जय मल्टिपल क्याम्पसलाई सीधा ३–० को हराउँदै तेस्रो भयो । न्युटनले २५ हजार, एन्जल्सले १५ हजार र हिमरश्मिले पाँच हजार रुपैयाँ पाएका छन् । प्रतियोगितामा न्युटनका राजन परियार प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

हिमरश्मिका सन्देश परियार उत्कृष्ट लिफ्टर, हिमरश्मिकै अमृत अधिकारी उत्कृष्ट स्पाइकर, एन्जल्स हार्टका प्रवीण सुनार उत्कृष्ट सर्भर, न्युटनका सरोज खनाल उत्कृष्ट डिफेन्डर, एन्जल्स हार्टका निर्मल विक उत्कृष्ट ब्लकर तथा न्युटनका कृष्ण साउद उदीयमान खेलाडी चुनिए ।

See More On

सुझावित समाचार