१० ओभरमा जनकपुरले चार विकेट गुमाएर ४१ रन जोड्यो

बिहिबार, ४ पुष, २०८१
डिजिटल संस्करण
१० ओभरमा जनकपुरले चार विकेट गुमाएर ४१ रन जोड्यो

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सले खराब सुरुवात गरेको छ।

कर्णाली याक्सले दिएको ११९ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरिरहेको जनकपुरले १० ओभरको खेल सकिँदा चौथो विकेट गुमाएर ४१ रन मात्र जोडेको छ।

१.३ ओभरमा १६ वर्षीय विपिन शर्माले जनकपुरको पहिलो विकेटका रूपमा शुभ कंसाकारलाई सोमपाल कामीबाट क्याचआउट गराएका थिए। लगत्तै २.३ ओभरमा जनकपुरले दोस्रो विकेट गुमायो। दोस्रो विकेटका रूपमा कर्णालीका कप्तान सोमपाल कामीले आशिफ शेखलाई पेभिलियनको बाटो देखाए।

४.२ ओभरमा विलियम बोसिस्टोले लाहिरु मिलान्थालाई आउट गराउँदा १०औँ ओभरको अन्तिम बलमा जिसम मक्सुदले आकाश त्रिपाठीलाई आउट गराए।

आजको विजेता शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि भिड्नेछ।
 

सुझावित समाचार