युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कमल गौतम नियुक्त भएका छन् ।
इन्स्योरेन्सको बुधबार बसेको सञ्चालक समितिको बैठकले गौतमलाई आगामी चार वर्षका लागि सिइओ नियुक्त गरेको हो ।
विभिन्न बैंक तथा वित्तीय संस्थामा तीन दशकभन्दा बढीको कार्यानुभव रहेका गौतमले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् ।