खोलामा नुहाउने क्रममा ६ दिनअघि बेपत्ता बुढाथोकीको शव भेटियो

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

खोलाले बगाएर ६ दिनदेखि बेपत्ता भएका ताप्लेजुङको सिरिजंघा गाउँपालिका– ५ पेदाङका राजेन्द्र बुढाथोकीको शव फेला परेको छ।

मंसिर १९ गते काबेली खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा बुढाथोकी बेपत्ता भएका थिए। सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन तालिमप्राप्त टोली र नेपाल प्रहरीको गोताखोर टोलीले बुढाथोकीको शव काबेली खोलामा फेला पारेको हो।

उनको शव करिब ७० फिट तल ढुंगाको च्यापमा अड्किएको अवस्थामा फेला पारेको हेडक्वार्टर कञ्चजंघा गुल्म सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनले जानकारी दिए। शवको पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लगिएको र कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई जिम्मा लगाउने नेपाल प्रहरी ताप्लेजुङका प्रमुख रवि रावलले बताए।

सुझावित समाचार