सामसङले ल्यायो वान युआई ७ बेटा

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

सामसङ नेपालले वान युआई ७ बेटा प्रोग्राम सार्वजनिक गरेको छ । कम्पनीले शक्तिशाली एआई सुविधा, सरलीकृत नियन्त्रण र भविष्यका स्केलेबल एआई इकोसिस्टमको पूर्वावलोकन रहेको युआई ७ बेटा प्रोग्राम सार्वजनिक गरेको हो । 

इन्टरफेसको प्रत्येक टच प्वाइन्टमा प्रमुख एआई एजेन्टहरू र मल्टिमोडेल क्षमता एकीकृत गरी प्राकृतिक र सहज महसुस हुने एआई प्लेटफर्मको वान युआई ७ ले ठुलो छलाङ मारेको कम्पनीको भनाइ छ । 

उक्त स्मार्ट फोनमा एड्भान्स्ड लेखन सहायक टुलजस्ता ग्यालेक्सी एआई फिचर अपडेट गरिएको छ । ग्यालेक्सी प्रयोगकर्ताका लागि पहिले नै उपलब्ध रहेको शक्तिशाली लेखन सहायक टुलमा विस्तार भएको यो क्षमताले कन्टेन्ट संक्षेप गर्न, हिज्जे र व्याकरण जाँच गर्न र स्वचालित रूपमा बुलेट प्वाइन्टहरूमा नोटहरू ढाँचा गर्न एआई सञ्चालित विकल्प प्रदान गर्ने कम्पनीले जनाएको छ । 

डिभाइसको लक स्क्रिनबाटै सहज पहुँचका साथ सञ्चारलाई सुव्यवस्थित गर्ने नयाँ सूचना प्रणालीमा आधारित वान युआई ७ का शक्तिशाली एआई फिचरहरू नयाँ लुकका साथ आएको कम्पनीको दाबी छ । प्रो र प्रो भिडियो मोडहरूका म्यानुअल सेटिङको लेआउट पनि सरलीकृत गरिएको छ, जसले सुट गरिरहेको तस्बिर वा भिडियो खिच्दा फोकस गर्न सजिलो बनाएको छ । प्रयोगकर्ताका लागि प्रो भिडियो मोडमा रेकर्डिङ गर्दा नयाँ जुम कन्ट्रोल उपलब्ध छ, जसले सहज ट्रान्जिसनका लागि जुमको गति नियन्त्रण गर्न दिन्छ ।

वान युआई ७ को आधिकारिक रूपमा रिलिज आगामी ग्यालेक्सी एस सिरिज डिभाइससँग हुनेछ भने सन् २०२५ को पहिलो त्रैमासिकदेखि सुरु हुने गरी इनहान्स्ड अन डिभाइस एआई फङ्सन गरी थप एआई  क्षमताहरू समावेश हुने कम्पनीले जनाएको छ । आफ्नो ओएस अपग्रेडको नीति विस्तार गर्ने सामसङको प्रतिबद्धताअनुरूप यी अपडेट अन्य ग्यालेक्सी उपकरणमा पनि आउने बताइएको छ । 

See More On

सुझावित समाचार