नाै करोड ५२ लाखको दुध तथा दुग्धजन्य पदार्थ बिक्री

शुक्रबार, २१ मंसिर, २०८१
डिजिटल संस्करण

हेटौँडा दुध वितरण आयोजनाले चालू आर्थिक वर्षको चार महिनामा रु. नौ करोड ५२ लाखको दुध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो रु. दुई करोड ४० लाखले बढी हो । 

कार्यालय प्रमुख राजीव खनालका अनुसार आव ०८१/८२ को साउनदेखि कात्तिकसम्ममा रु. नौ करोड ५२ लाखको दुध तथा दुग्धजन्य पदार्थ बिक्री भएको छ । आव ०८०/८१ को अवधिमा रु. सात करोड १२ मूल्यबराबरको दुध तथा दुग्धजन्य पदार्थ बिक्री भएको थियो । 

बजारको मागभन्दा दुध तथा दुग्धजन्य पदार्थको उत्पादन बढी भएकाले आयोजना कार्यालयलाई भण्डारणमा समस्या भएको छ । दुध खरिद गरेअनुसारको बजारमा दुग्धजन्य पदार्थ बिक्री नहुँदा किसानलाई चार महिनादेखि दुधको भुक्तानी दिन नसकेको उनले बताए। कार्यालयले मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीका किसानबाट दुध खरिद गर्दै आएको छ । 

सुझावित समाचार