सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइनमार्फत बिमालेख नवीकरण गर्ने आफ्ना बिमितका लागि पेमेन्ट गेटवे खल्तीसँगको सहकार्यमा उपहारै उपहारसहितको आकर्षक योजना ल्याएको छ ।
यो योजनाअन्तर्गत खल्ती एपमार्फत १८ मंसिदेखि २९ पुससम्म बिमाशुल्क भुक्तानी गर्ने बिमितले उपहार प्राप्त गर्न सक्नेछन् । बिमितले प्रिमियम तिर्दा तीन सयदेखि पाँच सयसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत बिमा नवीकरण मितिअगावै भुक्तानी गरेमा पाँच सय र तोकिएको नवीकरण मितिको सात दिनभित्रमै भुक्तानी गरेमा तीन सय रुपैयाँ प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
साथै, साप्ताहिक योजनामा प्रत्येक हप्ता छानिने भाग्यशाली एकजना बिमितले दुईवटा सिनेमाको टिकेट, प्रत्येक १५ दिनमा छानिने एक भाग्यशाली विजेताले इयरबड जित्ने अवसर प्राप्त गर्नेछन् । यसका साथै सूर्यज्योति मोबाइल एप रजिस्ट्रेसन गरी आफ्नो बिमाशुल्क तिर्ने हरेकले ५० रुपैयाँबराबरको मोबाइल टपअप पनि प्राप्त गर्नेछन् भने एकजना भाग्यशाली विजेताले स्मार्ट मोबाइल फोन जित्न सक्नेछन् ।