आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै राजस्व अनुसन्धान कार्यालयका कर्मचारीलाई धम्क्याउने तथा दबाब दिने व्यवसायी पक्राउ परेका छन्। ललितपुर प्रहरीले बुधबार दिउँसो दबाब दिने व्यवसायी रोशन चौधरीलाई पक्राउ गरेको हो।
चौधरीले राजस्व अनुसन्धान कार्यालय, पथलैयाका कर्मचारीलाई फोन गरी आफू अख्तियारको अनुसन्धान अधिकृत भएको भन्दै बरामद गरिएको राजस्व छलीका सामान छाड्न दबाब दिएका थिए। राजस्व कार्यालयले अख्तियारमा त्यसबारे जानकारी गराएको थियो। अख्तियारले प्रहरीलाई खबर गरेकोमा ललितपुर प्रहरीले चौधरीलाई पक्राउ गरेको हो। चौधरी हार्डवेयर व्यवसायी भएको खुलेको छ। उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी शेखर खनालले बताए।