लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको लक्ष्य

बुधबार, १९ मंसिर, २०८१
डिजिटल संस्करण

नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले विराटनगर किंग्ससामु १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९१ रनको योगफल तयार पारेको हो।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए। २९ बल खेलेका उनले चार चौका र दुई छक्का प्रहार गरे। यसैगरी, टम मुर्सले ३०, विवेक यादवले अविजित १९, अर्जुन साउदले १७, आसुतोश घिरैया र साद बिन जफरले समान १५ तथा सन्दीप जोराले १२ रन बनाए।

यसअघिका दुई खेलमा विकेटविहीन बनेका विराटनगरका कप्तान सन्दीप लामिछानेले बुधबार लुम्बिनीविरुद्ध एक विकेट हात पारे। यसैगरी, रोजेश पुलामी र इस्मत आलमले पनि समान एक विकेट लिए।

सुझावित समाचार