कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम नेपालमा

बुधबार, १९ मंसिर, २०८१
डिजिटल संस्करण

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी टोलीमध्ये एक कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टो नेपाल आएका छन् ।

उनलाई कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र कन्सलटेन्ट कोच  राजु बस्नेतले स्वागत गरेका थिए । ३१ वर्षीय विलियमले प्रथम श्रेणी, लिस्ट ‘ए’ र टी-२० प्रतियोगिता खेलेका छन् ।

उनले अस्ट्रेलियाको यू-१९ टोलीबाट पनि लामो समय क्रिकेट खेलेका थिए । उनले प्रथम श्रेणीको क्रिकेटमा २८ खेल खेल्दै कुल एक हजार एक सय चार रन बनाएका छन् ।

See More On

सुझावित समाचार