सुनको मूल्य तोलामा १२ सय घट्यो

सोमबार, १७ मंसिर, २०८१
डिजिटल संस्करण

आज सुनको मूल्य प्रतितोला रु. एक हजार दुई सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु. एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला रु. एक लाख ४९ हजार तीन सय कायम भएको छ ।

नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला रु. २५ ले घटेर रु. एक हजार आठ सय १५ मा कारोबार हुने महासंघले जनाएको छ ।

सुझावित समाचार