बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचना बुढा निर्वाचित भएकी छिन्। नेपाली कांग्रेसका पुल्तीसरा शाहीलाई २६६ मतान्तरले हराउँदै भण्डारी विजयी भएकी हुन्।
भण्डारीले एक हजार ७४० मत ल्याउँदा कांग्रेसकी शाहीले एक हजार ४७४ र नेकपा एकीकृत समाजवादीका जवा शाहीले ५५३ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए।
भण्डारी दोस्रो प्रयासमा निर्वाचित भएकी हुन्। ०७९ को निर्वाचनमा भण्डारी कांग्रेसकी मैना जोशीसँग पराजित भएकी थिइन्। जोशीको निधन भएपछि उपनिर्वाचन भएको हो।