मुसीकोट– १ मा कांग्रेसका श्रेष्ठ विजयी

सोमबार, १७ मंसिर, २०८१
डिजिटल संस्करण

गुल्मीको मुसीकोट नगरपालिका– १ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार आनन्द श्रेष्ठ विजयी भएका छन्। मत परिणामअनुसार कांग्रेसबाट रुख चिह्नका आनन्द श्रेष्ठले एक हजार १८४ मत प्राप्त गरेर विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका दलबहादुर थापाले ९३०, माओवादी केन्द्रका दुर्गाबहादुर विकले १४३, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापाले ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ईश्वरी खातीले पाँच मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत ऋषिराम घिमिरेले जानकारी दिए।

उपनिर्वाचनमा ५७.०५ प्रतिशत अर्थात् दुई हजार ३३४ मत खसेको छ। वडा नं. १ मा चार हजार ९१ मतदाता रहेका थिए।

सुझावित समाचार