मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदका लागि आइतबार भएको उपनिर्वाचनमा ७१.३२ प्रतिशत मत खसेको छ । मतदाता २६ हजार ४४ जना मतदाता रहेको ग्रामथान गाउँपालिकाको ७ वटै वडाको १२ मतदानस्थलका २९ केन्द्रमा शान्तिपूर्वक मतदान भएको सहायक मतदान अधिकृत रामराज पौडेलले बताए। उनका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म ७१.३२ प्रतिशत अर्थात् १८ हजार ५७७ मत खसेको छ।
मतदान गर्नेहरूमा पुरुषभन्दा महिला मतदाता बढी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ग्रामथानमा एक स्वतन्त्रसहित जम्मा १६ जना उम्मेदवारले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।