एसिसी यू–१९ एसिया कप खेल्न युएई जाने टोलीको बिदाइ

मंगलबार, ११ मंसिर, २०८१
डिजिटल संस्करण

एसिसी यू–१९ एसिया कपका खेल्न युएई जाने नेपाली टोलीको मंगलबार बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले टोलीको बिदाइ गरेको हो। प्रतियोगिता शुक्रबारदेखि सुरु हुनेछ। क्यानले हेमन्त धामीको कप्तानीमा अन्तिम टोली घोषणा गरिसकेको छ।

टोलीमा उनीहरूबाहेक आकाश त्रिपाठी, उत्तम थापामगर, नरेन भट्ट, विपिनकुमार महतो, अपराजित पौडेल, मायन यादव, नरेन साउद, अर्जुन कुमाल (उपकप्तान), युनिशव्रिकमसिंह ठकुरी, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, अभिषेक तिवारी र रञ्जित कुमार छन्। एसिया कप मंसिर १४ देखि २३ गतेसम्म युएईमा हुँदै छ।

नेपालले मंसिर १४ गते श्रीलंकासँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। मंसिर १६ मा बंगलादेश र १८ गते अफगानिस्ताको सामना गर्नेछ।

सुझावित समाचार