एमाले जागरणसभाको र्‍याली भद्रकालीबाट सुरु

शुक्रबार, ७ मंसिर, २०८१
डिजिटल संस्करण

एमालेको आज काठमाडौंमा हुन लागेको जागरणसभाको र्‍याली भद्रकालीबाट प्रारम्भ भएको छ । भद्रकालीबाट सुरु भएको र्‍याली सहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत हुने कार्यक्रम छ । कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने छन् । 

एमाले अध्यक्ष ओली कार्यक्रम स्थलमा अहिले १ः३० बजे पुग्ने कार्यक्रम छ । र्‍यालीको नेतृत्व एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले गरिरहेका छन् । 

र्‍यालीमा बाजागाजासहित पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तक सहभागी छन् । एमालेले आजको सभामा एक लाखभन्दा बढीको मानिस उपस्थिति गराउने लक्ष्य लिएको छ ।

सुझावित समाचार