गेटामा तीन सय शय्याको अस्पताल बनाऔँ : देउवा

सोमबार, ३ मंसिर, २०८१
डिजिटल संस्करण
गेटामा तीन सय शय्याको अस्पताल बनाऔँ : देउवा

फाइल तस्बिर

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार कैलालीस्थित गेटा अस्पतालको निरीक्षण गरेका छन् । देउवाले गेटामा प्रतिष्ठान वा विश्वविद्यालय जे बनाए पनि तत्काल तीन सय शड्ढयाको अस्पताल र मेडिकल शिक्षाको पठनपाठन सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

उनले तीन सय शड्ढयाको अस्पताल सञ्चालनका लागि आफूले सहयोग गर्ने बताए । गेटामा प्रतिष्ठान वा विश्वविद्यालय के बनाउने भन्ने द्विविधा रहेको उल्लेख गर्दै उनले भने, ‘तीन सय शड्ढयाको बनाउनुप¥यो । पढाइ सुरु हुनुप¥यो । मैले हुन सक्ने काम गर्नेछु ।’

गेटामा मेडिकल कलेजका नाममा मेडिकल शिक्षा पठनपाठन र ६ सय शड्ढयाको अस्पताल सञ्चालनका लागि संरचना निर्माण गरिएका छन् । तर, हाल ५० शड्ढयाको मात्र अस्पताल सञ्चालनमा छ । सरकारले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरे पनि कानुन बन्न सकेको छैन । 
 

सुझावित समाचार