रुपन्देही उद्योग संघले ४७औँ स्थापना दिवस तीन दिन मनाउने

आइतबार, २ मंसिर, २०८१
डिजिटल संस्करण

रुपन्देही उद्योग संघले ४७औँ स्थापना दिवसका अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम गर्ने भएको छ। उत्कृष्ट उद्योगी सम्मान, उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार प्रदानसहित विभिन्न कार्यक्रम गरी तीन दिनसम्म स्थापना दिवस मनाउने संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले जनाएका छन्।

१५ मंसिर ०३५ देखि औद्योगिक विकासमा निरन्तर क्रियाशील उद्योगीहरूको छाता संस्था संघले यही १५ मंसिरमा ४७औँ स्थापना दिवस मनाउँदै छ। संघले तीनदिने कार्यक्रममा १३ मंसिरमा संघकै सदस्यहरूबिच ब्याडमिन्टन प्रतियोगिता, १४ मंसिरमा दीप प्रज्वलन, १५ मंसिरमा रक्तदान तथा मूल समारोह कार्यक्रम गर्ने संघका अध्यक्ष दिलीप सापकोटाले बताए।

मूल समारोहमा विभिन्न क्षेत्रका अग्रज उद्यमी, उत्कृष्ट उद्योगी सम्मान, नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा संघले स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार प्रदान तथा छात्रवृत्ति वितरण गरिने उनले बताए। 

सुझावित समाचार