२९ कात्तिकदेखि फिन इलेक्ट्रो टेक प्रदर्शनी

मंगलबार, २७ कार्तिक, २०८१
डिजिटल संस्करण

इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको बृहत् प्रदर्शनी ‘फिन इलेक्ट्रो टेक २०२४’ हुने भएको छ । २९ कात्तिकदेखि २ मंसिरसम्म चल्ने ११औँ संस्करणको प्रदर्शनी नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा भृकुटीमण्डपमा हुन लागेको हो ।

प्रदर्शनी विद्युत् तथा विद्युतीय सामग्रीको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

यस वर्षको प्रदर्शनीलाई ‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ नारा दिइएको छ । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीलाई जमघट गराई व्यावसायिक प्रवर्द्धन गर्नु प्रदर्शनीको उद्देश्य रहेको बताइएकोछ छ । चार दिनसम्म चल्ने प्रदर्शनीमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान छ । 

सुझावित समाचार